१३ बैशाख २०८१, बिहिबार
Tags

आफ्नै भवनमा २५ लाखको लागतमा मिस्ट्री डान्स गाईज उद्घाटन

रणभूमी डेस्क शुक्रबार, बैशाख ०१, २०८०

विराटनगर / एक समय विराटनगरमा चर्चित रहेको मिस्ट्री डान्स गाईज करिब २५ लाखको लागतमा आफ्नै भवनमा पुनः सञ्चालनमा आएको छ ।

विराटनगर ११ स्थित पिछडा नहरको पश्चिम तर्फ सन्दिप सहनी ज्याकले नृत्य प्रशिक्षण केन्द्र को २०८० सालको बैशाख १ गते नयाँ वर्षको दिन आफ्नै भवनमा सञ्चालनमा ल्याएको हो ।

पहिले एक सटर बाट ४ जना साथीहरु मिलेर सञ्चालनमा ल्याएको उक्त डान्स सेन्टर केही वर्ष अगाडि सम्म जैन भवन अगाडीको एक भवनमा ठूलै लगानीमा चलाईरहेको थियो तर एकाएक विश्वमै कोरोना महामारीको नेपालमा परेको असरको कारण डान्स सेन्टर पनि प्रभावित भयो । हाल सहनीले आफ्नै भवन निर्माण गरेर डान्स सेन्टर सञ्चालनमा ल्याएको निर्देशक ज्याकले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्