१६ चैत्र २०८०, शुक्रबार
Tags

५ हजारको संख्यामा कलश यात्रा निकाल्ने, जोगवनीको हनुमान मन्दिरको वार्षिकउत्सव तयारी

रणभूमी डेस्क शनिबार, बैशाख ०२, २०८०

जोगवनी / जोगवनी -४ ईन्द्रानगर स्थित रहेको हनुमान मन्दिरको पहिलो वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा मनाउने तयारी भईरहेको छ ।

जोगवनी को रेलवे स्टेसनको पश्चिम तर्फ एक वर्ष अगाडि प्राण प्रतिष्ठा गरिएको हनुमान मन्दिर र शनि देवताको मन्दिर स्थापना गरेको एक वर्ष पूरा गरेकाे अवशरमा ५ दिवसीय भव्य कार्यक्रम आयोजना गरी मनाउने तयारी भईरहेको आयोजक समितिको अगुवा किमी आनन्दले बताए ।

स्थानीयको श्रमदानले निर्माण गरेको उक्त मन्दिरमा गरिने कार्यक्रमको सबै श्रेय स्थानीयलाई दिँदै किमी आनन्दले पत्रकार सम्मेलन गरी वैशाख ३ गते देखि ७ गते सम्म हुने कार्यक्रमको बारेमा जानकारी गराए ।

वैशाख ३ गते पहिलो दिन बिहान ६ बजे देखि ५ हजार बढीको महिला र पुरुषहरु घोडा सहित कलश यात्रा निकाल्ने बताए जसमा नेपाल भारत दुवै देशको श्रद्धालु भक्तजनहरूको सहभागिता हुने बताए ।

पाँच दिन लगातार बनारसको प्रशिद्ध धर्मगुरु चन्द्रमान द्विवेदी जी महाराजको मुखरविन्द बाट श्रीमद् भागवत महापुराण कथा वाचन तथा धार्मिक प्रवचनको कार्यक्रम रहने छ भने दैनिक ५ हजार भन्दा बढी उपस्थित हुने सम्पूर्ण भक्तजनहरुको लागि भण्डारा र प्रसाद वितरण गर्ने कार्यक्रम रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्