१५ बैशाख २०८१, शनिबार
Tags

सीमा सुरक्षा बलहरु एक्सनमा, अतिक्रमण गरिएको दशगजा धमाधम खाली गराउँदै

रणभूमी डेस्क बिहिबार, बैशाख २८, २०८०

विराटनगर / नेपाल भारत दुवै देशको सीमा सुरक्षा बलको प्रयासमा लामो समय देखि अतिक्रमण गरी दशगजा क्षेत्रमा बनाएको घर टहराहरु विहीवार हटाएको छ ।

सीमा सुरक्षा बल एसएसबीलाई भारत सरकारको गृह मन्त्रालयले दशगजा क्षेत्र खाली गराउन दिएको निर्देशन अनुसार विहीवार सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानी सँग सहकार्य गरी विहान ११ बजे देखि दशगजा क्षेत्रमा भएको घर, टहरा भत्काउन सुरु गरिएको थियो ।

विराटनगर महानगर पालीकाको १६ नं वडा स्थित दक्षिण गेट र जोगवनी ईन्द्रानगर- ३ टिकुलिया बस्ती बीचको दशगजा क्षेत्रबाट सयकडौं को संख्यामा परिचालन भएको सुरक्षाकर्मीको सहयोगमा सजिलै घर, टहराहरु भत्काई दशगजा खाली गराउन सफल भएको हो ।

सीमा सुरक्षा गुल्म विराटनगर रानीका प्रमुख स.प्र.ना.उ. लोकेन्द्र सुब्बा, ईलाका प्रहरी कार्यालय रानी प्रमुख प्र.नी. प्रकाश रेग्मी, स.प्र.बल नेपाल बि.ओ.पी. दरहिया प्रमुख स.प्र.नी. प्रेम सिंह धामी र विराटनगर -१६ का वडा प्रमुख उद्धव भुजेल सँगको सहकार्यमा भारत, फारबिसगंज एसडीओ सुरेन्द कुमार अलवेला, एसएसबी कमांडेंट सुरेंद्र विक्रम, सीओ संजीव कुमार, अपर एसडीएम रंजीत कुमार, जोगबनी एसएसबी कैम्प प्रभारी पशुपति सिंह लगाएत फारबिसगंज थानाध्यक्ष आफताब अहमद, जोगबनी थानाध्यक्ष भगतलाल मंडल, बथनाहा थाना प्रभारी नंदकिशोर नंदन र फुलकाहा थाना सहितको उपस्थितिमा नेपाल र भारत गरी सयकडौं सुरक्षाकर्मीहरु परिचालन गरेर दशगजा क्षेत्र खाली गराउन सफल भएको हो ।

विहीवार जोगवनीको टिकुलिया बस्ती, मुख्य नाका नजिक, जोगवनी बजार सँगै टाँसिएको दशगजा माटीयरुवा चाणक्य चौक सम्म गरी अनधिकृत रुपमा दशगजा अतिक्रमण गरी बनाईएको जम्मा ५१ वटा घर र केही पसलहरु भत्काएर हटाएका छन् । सोही क्रममा जोगवनी मुख्य नाका नजिक लामो समय देखि दशगजा अतिक्रमण गरी बसेको भारतीय कस्टमको चेक पोस्ट पनि विहीवारनै सो टोलीले भत्काएको छ ।

विक्रम सम्वत २०४४ सालमा खाली गरेको दशगजा बिस्तारै पुनः अतिक्रमण हुँदै गएपछि २०८० सालमा अर्थात् ३६ वर्ष पछि सीमा सुरक्षा बलहरुको सहकार्यमा एतिहासिक रुपमा खाली गराउन सफल भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्