१६ चैत्र २०८०, शुक्रबार
Tags

स्रोत नखुलेको साढे ४ लाख रकम सहित विराटनगर-१५ का यादव पक्राउ

रणभूमी डेस्क सोमबार, जेठ ०१, २०८०

बिराटनगर / मोरङको बिराटनगर महानगरपालिका-११ पाञ्चाली मोड स्थितबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बिराटनगर-१५ का ४३ बर्षिय अनिल यादब रहेका छन ।

आईतवार अपरान्ह कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (रीट) बाट खटिएको प्रहरी टोलीले बि आर ३३ जेड ९७९६ नम्बरको मोटरसाईकलमा सवार रहेका यादबलाई संका लागि चेक जाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैया ४ लाख ६२ हजार ५ सय बरामद गरेको हो ।

स्रोत नखुलेको नेपाली रुपैया सहित पक्राउ परेका यादबलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्