१६ चैत्र २०८०, शुक्रबार
Tags

सीमा सुरक्षा गुल्म रानीद्वारा ४५० किलो सिध्रा बरामद, पशु क्वारेन्टाइनले गर्यो नष्ट

रणभूमी डेस्क मंगलबार, जेठ ०२, २०८०

विराटनगर / चोरी तस्करी नियन्त्रण गर्ने क्रममा सीमा सुरक्षा गुल्म रानीले ४५० किलो सिध्रा पक्राउ गरी नष्ट गरेका छन् ।

विराटनगर महानगर पालिका १५ नं वडाबाट सोमवार विहान एक पिकअप भ्यानमा विराटनगर तर्फ लैजाँदै गरेको ४५० किलो माछाको सुकुटी सिध्रा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरीले नियन्त्रमा लिएको सिध्रा हटियामा बेच्न लागेको भने पनि सिध्रा सँगसँगै रहेको कागज पत्रमा कैफियत देखिएपछि उक्त सिध्रा पशु क्वारेन्टाइन कार्यालय विराटनगरको निर्देशनमा ६ फीटको खाल्डो खनी गाडेर नष्ट गरेका छन् ।

सिध्रा लोड गरिएको पिकअप भेन र मानिसलाई पशु क्वारेन्टाइन कार्यालयले नियम अनुसार जरिवाना गरिने पशु क्वारेन्टाइन कार्यालय रानी प्रमुख अरविन्द कुमार मण्डलले बताए ।

सिध्रा भारतबाट नेपाल आउँदा आवश्यक प्रक्रिया मिलाएर नेपाल ल्याउने प्रावधान भएको र भन्सार काटिने सामान नष्ट गर्नु दुःखद भएको विराटनगर १५ का वडा अध्यक्ष प्रकाश साह बताउछन् । साहका अनुसार भारतबाट खरिद गरी ल्याईएका सामान खान योग्य छ भने त्यसलाई नष्ट गरेर नत देशलाई नै फायदा भयो नत व्यापारीलाई नै । त्यस्तो सामान आवश्यक प्रक्रिया पूरा गरेर निलामी गर्दा राज्य को लागि पनि केही हद सम्म राजस्व संकलन हुन्थ्यो वा जरिवाना गरेर छाड्दा पनि हुन्थ्यो तर खरिद गरी ल्याईएको सामान नष्ट गर्दा कसैले भोग्न नपाएको बताए । यसरी चोरी तस्करी नियनत्रणको क्रममा पक्राउ परेका सामानहरू नष्ट गर्नुको साटो विकल्पमा जानुपर्ने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्