०८ बैशाख २०८१, शनिबार
Tags

भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कार्वाहीको माग गर्दै मधेसी नागरिक समाजले बुझाए ज्ञापनपत्र

उषा सरदार शनिबार, जेठ ०६, २०८०

बिराटनगर / बृहत मधेसी नागरिक समाजले नकली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कार्वाहीको माग गर्दै मोरङको प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवलाई ज्ञापनपत्र बुझाएको छ।

सामजले आज नकली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहि करोडौं भ्रष्टाचार गर्ने हरुलाई कानुनी दायरामा ल्याई कार्वाही गर्नु पर्ने माग सहित सरकारलाई खबरदारी गरेको हो ।

उक्त प्रकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपाल सरकारको उच्च पदाधिकारी र राजनेता हरु नै संलग्न रहेकोले नेपाल भित्र र बाहिर देशको छाबीमा नराम्रो असर परेकोले कसैलाई पनि उमकिन नदिई सबैलाई कानुनी दायरामा लयाउनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ।भ्रष्टाचारमा संलग्न नेताहरुले अहिले सम्म राज्यको र जन्ताको करोडौं रकम हिनामिना गरि भ्रष्टाचार गरेकोले उक्त रकम असुलउपर गरि राज्यको कोषमा जम्मा गर्नु पर्ने समाजको माग रहेको छ। अनुसन्धानको पाईपलाईनमा रहेको भ्रष्टाचारका घटनालाई उजागर गर्दै त्यसमा संलग्न जो कोहिलाई पनि कानुनी दायरामा लयाई कार्वाही गर्नु पर्ने जोरदार माग गर्नु भएको छ। उक्त ज्ञापनपत्र बुझाउन बृहत मधेसी नागरिक समाजको अध्यक्ष सुर्यनाथ प्रसाद सिंह, कोषाध्यक्ष योगेन्द्र प्रसाद यादव , अधिवक्ता रामलाल सुतिहार , सदस्य मन्जु मण्डल , सदस्य दवरेज हक लगायतको उपस्थिति रहेको थियो।

यहाँ कमेन्ट गर्नुहोस्