०७ जेठ २०८१, सोमबार
Tags

लागुऔषध कारोबारमा हुने ठाउँमा एसएसबी र पुलिसको छापा, ठुलो परिमाणममा लागुऔषध सहित ४ जना पक्राउ

रणभूमी डेस्क बुधबार, जेठ २४, २०८०

जोगवनी / नेपाल भारत सीमावर्ती एरिया जोगवनी टिकुलिया बस्ती स्थित एक घरमा एसएसबी र पुलिसले छापा मारी ठुलो परिमाणमा लागुऔषध सहित ४ जनालाई नियन्त्रणमा लिएको छ जसमा एक जना महिला पनि रहेकी छिन् ।

मंगलवार जोगवनी नगर पञ्चायत ईन्द्रनगर -३ टिकुलिया बस्तीमा एक घरमा एसएसबी र पुलिसले संयुक्त रुपमा छापा मारेको थियो ।

गोप्य सूचनाको आधारमा टिकुलिया बस्तीमा छापा मार्दा ठुलो परिमाणमा लागुऔषधको रुपमा प्रयोग हुने कोडिन युक्त कफसिरप लगाएत आधा दर्जन मोबाईल समेत नियन्त्रणमा लिएको थियो । उक्त लागुऔषधको कारोवारमा प्रत्यक्ष रुपमा संलग्न सरला उपनाम गरेका धीरज कुमार, चन्दन कुमार सहनी, मो.आशबा र उर्मिला देवीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका व्यक्तिहरु माथि आवश्यक छानबिन को साथै कारवाही प्रक्रिया अगाडि बढाएको सुरक्षा स्रोतले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्