२७ बैशाख २०८१, बिहिबार
Tags

भन्सारमा सुरक्षाकर्मीले कडाई गरेपछि जोगवनीका व्यवसायीहरु धर्ना बस्ने तयारीमा

रणभूमी डेस्क बिहिबार, आषाढ २८, २०८०

विराटनगर / नेपाल भारत सीमा रानी नाकामा कडाई गरेपछि जोगवनीका व्यवसायीहरु आईसिपी जाने बाटो अवरुद्ध गरी धर्नामा बस्ने तयारी गर्दैछन् ।

प्राप्त जानकारी अनुसार नेपाल भारत सीमा रानी नाकामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीहरुले कडाई गरेपछि नेपाल भित्रिने राजस्व नतिरेको सामानहरू धमाधम पक्राउ गर्दै जफत गर्न थालेपछि जोगवनी बजारको व्यापार सुकेको हो । दैनिक जोगबनीमा करौडौं रूपयाँ बराबरको व्यापार हुने ठाउँमा अहीले धेरै पसलहरुमा बोहनि समेत नहुने गरेकाे अवस्था आइसकेको हुनाले सबै व्यवसायीहरु एकजुट भएर नेपालको लागि ट्रकमा आईसिपी को बाटो हुँदै नेपाल आउने सामानहरुलाई भारतमै रोकी बाधा अवरोध पुर्याउन धर्ना दिने तयारी सुरु गरेको जानकारी प्राप्त भएको छ ।

बुधवार जोगवनीको व्यवसायिहरुको एक समूहले छलफल गरी सबै व्यवसायीहरुलाई संगठित गर्न लागेको बुझिएको छ ।

भारतबाट अवैध रुपमा नेपाल भित्रिने जस्तोसुकै सामान पनि प्रहरी सुरक्षाकर्मीहरुले जफत गर्दै कडाई थालेपछि हाल धेरै काम संख्यामा नेपालीहरु भारत पुगेर किनमेल गर्ने गरेका छन् । भारतबाट नेपाली ग्राहकहरुले खरिद गरेको सरसामानहरु मुख्य नाका बाटै नेपाल ल्याउँदा पनि यात्रु साखामा खाद्यान्न सामग्रीको क्वारेन्टाइन प्रक्रिया नहुने भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भन्सार कर्मचारीहरुले त्यस्तो सामानहरू भारत तिरै फर्काई दिने भएको हुँदा नेपाली नागरिकहरुको जोगवनी मोह काम भएको बुझ्न सकिन्छ ।

विराटनगर भन्सार कार्यालय रानीको यात्रु शाखामा राजस्व नतिरी सामान नेपाल भित्रिन नदिए पछि भन्सार कार्यालय परिसर दिनभरी भरीभराउ देखिएपनि जोगवनी बजार सुनसान सरह भएको छ ।

नेपाली बजार गुलजार बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, विराटनगर भन्सार कार्यालय, मोरङ्ग व्यापार संघ र विराटनगर महानगर पालिका लगाएत अन्य सरोकार वाला निकायहरु गहन रुपमा छलफल समेत गरिरहेको बुझिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्