२८ बैशाख २०८१, शुक्रबार
Tags

ट्राफिक प्रहरीले जथाभावि पार्किङ गरेको ठूला गाडीमा पनि लगाउन सुरु गर्यो व्हील लक

रणभूमी डेस्क शुक्रबार, आषाढ २९, २०८०

विराटनगर / विराटनगर रानी सडक खण्डमा जथाभावी पार्किंग गरी राखेको ठूला सवारी साधनहरूमा पनि व्हीललक लगाउन सुरु गरिएको छ ।

विगतमा ट्राफिक प्रहरी सँग ठूला सवारी साधनहरूमा लगाउने व्हिललक उपलब्ध नभई मुख्य सडकमा पार्किङ्ग गरि राखिएको सवारी साधनहरुलाई कारवाही गर्न असहज हुने गरेकोमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको पहलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोसी प्रदेशद्वारा “ट्राफिक सप्ताह २०८०”को अवसरमा अन्य सामग्रीहरु सहित ४० थान ठुला सवारी साधनहरुमा लगाउने व्हिललक प्राप्त भई प्रदेशका मुख्य सडकहरूमा अव्यवस्थित पार्क गरेर राखिएका ठुला सवारी साधनहरुलाई अभियान स्वरुप आज विराटनगर रानी सडक खण्ड अन्तर्गतका सवारीहरुलाई व्हिलक लगाई कारवाही समेत गरिएको छ ।

रानी विराटनगर भन्सार कार्यालय बाट जाँचपास भई निस्किने र नेपालबाट भारत फर्किने गाडीहरु हाई्वेमा जथाभावी पार्किङ गरेर राखिएका हुनाले सडक अनुशासन तथा सवारि दुर्घटना न्युनिकरणका लागि भन्सार कार्यालयमा खाली गाडी पार्किङको व्यवस्था हुँदा हुँदै पनि सडकमा पार्किङ गरिएका सवारी साधनहरुलाई कारवाही गरिएको छ ।

सडकमा पार्किङ गरी राखिएका सवारी साधनहरुमा चालक सह-चालक कोही नभए एउटा नोटिस मा नजिक को ट्राफिक प्रहरी पोस्टको संपर्क नंबर समेत जानकारीको लागि राखिएको हुन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्