२७ बैशाख २०८१, बिहिबार
Tags

लागुऔषध प्रयोगकर्ताहरुलाई जोगवनी जान नदिन नेपालमै रोक्ने प्रहरीको अभियान सुरु

रणभूमी डेस्क मंगलबार, साउन १६, २०८०

विराटनगर / लागुऔषध प्रयोगकर्ताहरुलाई लागुऔषध सेवन गर्न नदिन र प्रयोगकर्ताहरुलाई निरुत्साहित गर्न रानी-जोगवनी नाकामा प्रहरीले सोमवार देखि अभियान सञ्चालन गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशनमा ईलाका प्रहरी कार्यालय रानीले लागुऔषध नियन्त्रण व्युरोको सहयोगमा नेपाल बाट लागुऔषध सेवन गर्न जोगवनी जाने जोकोहीलाई पनि नेपालमै रोक्ने, त्यस्ता प्रयोगकर्ताहरूलाई सामूहिक रुपमा काउन्सिलिङ गर्ने तथा कोही जोगवनीबाट लागुऔषध सेवन गरेर फर्किए त्यस्ता व्यक्तिहरुलाई एक ठाउँमा भेला पारी कडाईका साथ चेक जाँच गर्ने अभियानलाई तिब्रता साथ लागू गरेको छ ।

लागुऔषध प्रयोगकर्ताहरुलाई लागुऔषध को प्रयोगबाट रोक्न, दुर्व्यसनी रोक्न, लागुऔषध सेवन गरेर हुने अपराधको घटनाहरुलाई काम गर्न र कुलतमा परेको युवा युवतीहरु भारतमा लुटिने, मारिने जस्ता घटना पनि वृद्धि भएको हुनाले त्यस्ता गतिविधिमा कमी ल्याउने उद्येश्यले यसलाई अभियानकै रुपमा लैजाने हाम्रो उद्येश्य रहेको ईलाका प्रहरी कार्यालय रानी प्रमुख प्र.नी. प्रकाश रेग्मीले बताउनुभयो ।

सोमवार विहानदेखि सुरु सञ्चालन गरेकाे अभियानमा दिनभरिमा ८ वटा समुह बनाई एक सय भन्दा बढी प्रयोगकर्ताहरुलाई काउन्सिलिङ गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्