२७ बैशाख २०८१, बिहिबार
Tags

विश्व सेवा विस्तार संस्थाद्वारा महिलाहरुको लागि ३५ दिने शिपमुलक ब्याबसायिक तालिमको उद्घाटन

रणभूमी डेस्क मंगलबार, साउन १६, २०८०

विराटनगर / विश्व सेवा विस्तार संस्थाले महिलाहरुको लागि विराटनगर-१६ मा ३५ दिने शिप मुलक तालिम कार्यक्रमको उद्घाटन गरेको छ ।

विराटनगर महानगर पालिकाको वडा नं १६ स्थित मुसहर बस्तीमा बस्ने महिलाहरुलाई लक्षित गरी आत्मनिर्भर बनाउने उद्येश्यले मंगलवार सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यालयमा विधिवत रुपमा बास को प्रयोग गरेर घरेलु तथा पूजा पाठमा प्रयोग हुने सामान बनाउन सिकाउने तालिम सञ्चालन गरेको हो ।
विराटनगर १६ का वडा अध्यक्ष उद्धव भुजेलले बास काटेर तालिमको विधिवत रुपमा उद्घाटन गर्नुभयो ।

विश्व सेवा विस्तार संस्थाद्वारा आयोजित शिपमुलक ब्याबसायिक तालिम दैनिक चिया खाजा सहित श्रावण १६ गते देखि भदौ १९ गते सम्म संचालन हुने विराटनगर शाखा प्रमुख शमिर न्यौपानेले बताउनु भयो। तालिम पश्चात तालिम गरेको प्रमाण पत्र समेत वितरण गरिने न्यौपानेले बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्