२७ बैशाख २०८१, बिहिबार
Tags

भारत जानलागेको तेक्वान्दो खेलाडीहरुलाई महानगरले गर्यो विदाई

रणभूमी डेस्क मंगलबार, साउन १६, २०८०

विराटनगर / सातौं ददिक्षण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विराटनगर महानगरपालिकाले विदाई गरेको छ ।

यही अगस्त ५ देखि भारतो हैदरावादमा हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको एक समारोहका बीच महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले विदाई गर्नुभयो ।

कोशी प्रदेशबाट १० जना खेलाडी र ३ जना रेफ्रीले प्रतियोगितामा सहभागिता जनाउने नेपाल तेक्वान्दो संघ कोशी प्रदेशका अध्यक्ष प्रविण कार्कीले जानकारी दिनुभयो । भारत जाने टोलीमा कार्कीसहित रेफ्री राजेन्द्र धिमाल र चन्द्रबहादुर तामाङसमेत रहनु भएको छ ।
त्यस्तै रजिना मगर भोजपुर, वीरबहादुर तामाङ भोजपुर, आलोक राई पाँचथर, रोशन मगर झापा रहनु भएको छ । त्यस्तै मोरङबाट नितेश खवास, केरिसा आचार्य, सविना मगर, सोमबहादुर राजवंशी, श्यामप्रसाद बास्कोटा, कुसुम राजवंशीले प्रतियोगितामा सहभागिता जनाउने कार्कीले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्