१२ बैशाख २०८१, बुधबार
Tags

राजनीतिक जीवनको उत्तरार्धमा पुगेर महन्थ ठाकुर अहिले दलविहीन छन।

पुष्कर बसन्त बिहिबार, साउन १४, २०७८

राजनीतिक जीवनको उत्तरार्धमा पुगेर महन्थ ठाकुर अहिले दलविहीन छन।

उनले चाहँदा उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा)मा बस्न त सक्छन्, तर अहिले त्यो उनको चाहना होइन। त्यसैले पुरानो पार्टी राजपाको विरासत छाडेर जसपा बनाएका ठाकुर बिलखबन्दमा छ। यद्यपि, नयाँ पार्टी खोल्ने तयारी गरिरहेको ठाकुर समूहका नेताहरु बताउँछन्।

साउन ११ गते निर्वाचन आयोगले गरेको ‘हेड–काउन्ट’मा अध्यक्ष उपेन्द्र यादव पक्षमा दुई तिहाइ केन्द्रीय कार्यकारिणी सदस्य खुलेपछि अध्यक्ष ठाकुर पक्षले जसपाको नाम र चुनाव चिन्ह गुमाएको हो।

अब नयाँ पार्टी दर्ता गर्ने कि निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेका नाम लिएर जाने भन्ने एक हप्तामा टुंगो लाग्ने ठाकुरपक्षीय नेता सर्वेन्द्रनाथ शुक्लाले बताए।

यहाँ कमेन्ट गर्नुहोस्