२७ बैशाख २०८१, बिहिबार
Tags

विश्व सेवा विस्तार संस्था द्वारा आयोजित महिलाहरुलाई २५ दिने स्वरोजगार मुलक तालिम सम्पन्न

रणभूमी डेस्क सोमबार, भाद्र ११, २०८०

विराटनगर / महिलाहरुलाई स्वरोजगार बनाउने उद्येश्यले विश्व सेवा विस्तार संस्थाले आयोजना गरेको शिपमुलक तालिम सोमवार २५ औं दिनमा समापन भएको छ ।

विश्व सेवा विस्तार संस्थाले श्रावण महिनाको १६ गते देखि विराटनगर महानगर पालिकाको वडा नं १६ स्थित मुसहर बस्तीमा बस्ने महिलाहरुलाई लक्षित गरी आत्मनिर्भर बनाउने उद्येश्यले सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यालयमा बास को प्रयोग गरेर घरेलु तथा पूजा पाठमा प्रयोग हुने सामान बनाउन सिकाउने तालिम सञ्चालन गरेको थियो । सो तालीमलाई समापन गर्दै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई संस्थाले प्रमाण पत्र र स्वरोजगार बन्न तालिम पश्चात त्यसलाई निरन्तरता दिन जनही तीन थान बास र आवश्यक औजारको सेट समेत वितरण गरी तालिम समापन गरेको हो ।

संस्थाद्वारा आयोजित शिपमुलक ब्याबसायिक तालिम समापन कार्यक्रम विराटनगर शाखा प्रमुख शमिर न्यौपाने को अध्यक्षतामा सुरु भएको थियो जसमा विराटनगर महानगर पालिका वडा नं १६ को वडा अध्यक्ष उद्धव भुजेलको प्रमुख आतिथ्य रहेको थियो भने अन्य विशिष्ट अतिथिहरुमा सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष किशोर सुब्बा, नागरिक समाज को प्रतिनिधि अर्जुन क्षेत्री, सोमनाथ कोईराला, ईलाका प्रहरी कार्यालय रानी सीमा प्रमुख प्रनानि हरी पूरी, आफन्त नेपाल संस्थाको प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

महिलाहरुलाई तालिम पश्चात प्रोत्साहन गर्ने र निर्माण गरेकाे सामग्रीहरू बजारमा उपयुक्त स्थान दिलाउन वडा अध्यक्ष उद्धव भुजेलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्