२७ बैशाख २०८१, बिहिबार
Tags

विराटनगर ८ मा हरियाली पार्क भित्र खुल्ला ब्यायामशाला

रणभूमी डेस्क आइतबार, भाद्र १७, २०८०

विराटनगर / विराटनगर ८ को हाटखोला मैदान नजिक हरियाली पार्क निर्माण गरिएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय बैकल्पिक चिकित्सा बिभागको सहयोगमा हरियाली पार्क भित्र खुल्ला ब्यायामशाला निर्माण गरिएको छ । वडाका बालबालिका तथा जेष्ठ नागरिकलाई लक्षित गरेर ब्यायामसाला निर्माण गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ लाखौ खर्च गरेर फलामको डन्डा गाडेर बत्ती बेरेर सेल्फी रोड बनाई राखेको हामीले देखेका छौं । तर हामीले सामान्य खर्चमा पनि हरियाली सहितको गार्डेन निर्माण गर्न सकिने रहेछ भनेर उदाहरण दिएका छौं ।’ विराटनगर महानगरपालिकाको सहयोगमा पार्क क्षेत्रमा टायल्स र माटो पुर्ने काम गरिएको उहाँले बताउनुभयो ।
खुल्ला ब्यायामशाला परिसरमा आज विभिन्न प्रजातीका विरुवाहरु रोपिएको वडाध्यक्ष पोखरेलले बताउनुभयो । महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, वडा नं. ७ अध्यक्ष मधुवाबु तिवारी, ८ का अध्यक्ष राम पोखरेल, वडा नं. ८ का सदस्य मो. अब्ब्वास, भुवन राजवंशी, बुद्ध मिलन वाचनालयका अध्यक्ष उज्वल प्रसाईं लगायतको उपस्थितिमा बृक्षारोपण गरिएको थियो ।

पार्क परिसरमा बृक्षारोपण गर्दै उपप्रमुख कार्कीले वडाले सामान्य खर्चमा उत्कृष्ट कार्य गरेको बताउनुभयो । महानगरका हरेक वडामा हरियाली पार्कको आवस्यकता रहेको उहाँले बताउनुभयो ।

पार्कको संरक्षण बुद्ध मिलन वाचनालयले गर्ने वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्