०७ जेठ २०८१, सोमबार
Tags

वृद्धाआश्रममा स्वास्थ्य परीक्षण औषधी वितरण गरी मनायो कर्मचारी युनियनले आफ्नो स्थापना दिवस

रणभूमी डेस्क बुधबार, भाद्र २०, २०८०

विराटनगर / नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति मोरङले मंगलवार वृद्धाआश्रममा स्वास्थ्य परीक्षण औषधी वितरण गरी आफ्नो स्थापना दिवस मनाएको छ ।

बुढीगंगा गाउँपालिका छेउमा रहेको वृद्धाआश्रममा स्वास्थ्य परीक्षण औषधी वितरण गरी आमाहरुलाई खाना खुवाएर स्थापना दिवस मनाएको हो । सो अवसरमा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष सोमनाथ कोइरालाको प्रमुख आथित्यमा जिल्ला कार्यसमितिका अध्यक्ष पशुराम मण्डलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

निजामती कर्मचारी युनियनले हरेक वर्ष यस्ता सामाजीक कार्यहरू गरी आफ्नो स्थापना दिवस मनाउने गरेको केन्द्रीय उपाध्यक्ष सोमनाथ कोइरालाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्