२७ बैशाख २०८१, बिहिबार
Tags

भन्सारमा अपाङ्गता भएका मानिसहरूको विरोध

रणभूमी डेस्क मंगलबार, आश्विन ०९, २०८०

विराटनगर / नेपाल भारत सीमा नाकामा कडाई भएपछि अपाङ्गता भएका मानिसहरू सहज रुपमा गरिखान पाउनुपर्ने माग गरी विराटनगर भन्सार कार्यालय रानीको अगाडि आफ्नो सवारी साधन तेर्स्याएर केही बेर विरोध गरेका छन् ।

श्रावण १ गते देखि नाकामा व्यापक कडाई गरिएको छ। सोही क्रममा सोमवार कडाई गरेकाे अवस्थामा भारतबाट सामान खरिद गरी विराटनगर, ईटहरी, धरानमा बिक्री गर्दै गुजारा गर्ने अपाङ्गता भएका मानिसहरूलाई सशस्त्र प्रहरीले भारतबाट सामान ल्याउन नदिएपछि अपाङ्गता भएका मानिसहरू आफ्नो तिनपाङ्रे सवारी साधन भन्सार अगाडि तेर्साएर विरोध गरेकाे हो ।

अपाङ्गता भएका मानिसहरू जोगवनीबाट सामान ल्याएकै भरमा आफ्नो परिवार पाल्ने गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्