२७ बैशाख २०८१, बिहिबार
Tags

सुनसरीमा हुने भनिएको ईजतिमा स्थगित, नेपाल भारत सीमामा चेक जाँचमा कडाई

रणभूमी डेस्क मंगलबार, मंसिर ०५, २०८०

विराटनगर / सुनसरी को ईटहरी र दुहबीमा हुनलागेको ईस्लाम धर्मालम्वीहरुको धार्मिक सभा तबलिगी इजतिमा को कार्यक्रम जिल्ला प्रसाशन कार्यालय सुनसरीले सुरक्षा संवेदनशीलताका कारण स्थगन गरिएको हुनाले उक्त जमातमा समेल हुन भारतबाट आउने ईस्लाम धर्मावलम्बीहरुलाई सुरक्षाकर्मीले भारत तर्फ नै फर्काउने गरेका छन् ।

दुर्गा प्रसाई र महेश बस्नेतको कार्यक्रमहरु पनि सार्वजनिक भएको छ । उक्त कार्यक्रमहरुमा घुसपैठ भई कुनै प्रकारको धार्मिक, साम्प्रदयिक, अप्रिय घटना हुनसक्ने जोखिम हुने भएको हुनाले त्यसको पूर्वानुमान लगाई जिल्ला प्रशासन कार्यालय ले त्यसमा रोक लगाएको थियो । सुनसरी जिल्ला कै खानार मा ५,६,७ तथा दुहबीमा लगतै ७,८ र ९ गते सोही धार्मिक सम्मेलन हुने भएपछि गृह मन्त्रालयको निर्देश बमोजिम २०८० मंसिर ०२ गते जिल्ला सुरक्षा समितिको बैठक बसी जिल्ला प्रसाशन कार्यालय सुनसरीले वर्तमान सुरक्षा संवेदनशीलताका कारण कार्यक्रम स्थगन गरिएको पत्राचार गरी निर्देशन दिएको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले गृह मन्त्रालय र शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा सिंहदरबार काठमाडौं लाई बोधार्य गरी पत्राचार गर्दै इटहरी उपमहानगरपालिको कार्यालय, दुहबी नगरपालिकाको कार्यालय, ईजतमा व्यायापन समिति इटहरी-१३ सुनसरी र प्रास्टोकी जामे मस्जिद दुहबी-१ सुनसरी लाई कार्यक्रम स्थगन गरिएको र सोही अनुसार गर्न गराउन निर्देशन दिएको थियो ।

ईस्लाम धर्मालम्वीहरुको हुने भनिएको धार्मिक सभा तबलिगी इजतिमा को कार्यक्रमको प्रचार प्रसारका कारण भारतबाट पनि हजारौं को संख्यामा उक्त सभामा सामेल हुन आउने ईस्लाम धर्मालम्वीहरुलाई सुरक्षा कर्मीको मदतले सीमा मै रोकेर कार्यक्रम स्थगित भएको जानकारी गराउँदै भारत तर्फ नै फर्काइदिने कार्य भईरहेको छ ।

सीमामा खटिएको नेपाली सुरक्षाकर्मीहरु सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी र ईलाका प्रहरी कार्यालय रानी तथा मातहतको प्रहरी टोलीले वर्तमान सुरक्षा संवेदनशीलताका कारण प्राप्त निर्देशन बमोजिम नेपाल प्रवेश गर्ने जोकोहीलाई पनि कडाइका साथ चेक जाँच गर्ने गरेको छ ।

नेपाल भारत सीमा रानी नाकामा सशस्त्र प्रहरी नायब उपरीक्षक हेम पौडेल, ईलाका प्रहरी कार्यालय रानी प्रमुख प्रहरी निरीक्षक सन्दिप बेल्वासे ले आफ्नै निगरानीमा सीमामा चेकजाँच थालेको छ । अहिले ईलाका प्रहरी कार्यालय रानीको नेतृत्वमा लागुऔषध र विष्फोटक सजिलै पत्ता लगाउने कुकुर (पुलिस डग) सहितको दर्जनौं सुरक्षाकर्मी परिचालन गरेर हरेक मानिसलाई चेक जाँच गर्ने गरेको त्यहाँ देख्न सकिन्छ ।

ईस्लाम धर्मालम्वीहरुको धार्मिक सभा तबलिगी इजतिमा को कार्यक्रम स्थगित भएको छ, जसको जानकारी नपाएका ईस्लाम धर्मालम्वीहरु नेपाल आउने क्रम पनि बढेको छ र धार्मिक सभामा धर्म गर्न आउने मानिसहरूलाई हामीले कार्यक्रम स्थगित भएको जानकारी गराउँदैछौं । अहिले कार्यक्रम नहुने भएपछि त्यसमा सामेल हुन पुग्ने मानिसहरू अनावश्यक दुःख मा नपरोस् भनी हामी सचेत गराउँदै यही बाट फर्काउने गरिरहेका छौ भनी ईलाका प्रहरी कार्यालय रानी प्रमुख सन्दिप बेल्वासेले बताउनु भयो र धर्म को नाममा अन्य कोहीले यस्तो अवस्थामा कुनैपनि गतिविधि नगरोस् भनी हामीले सिमाना चेक जाँच कडाई बढाएका है भनी बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्