२७ बैशाख २०८१, बिहिबार
Tags

भट्टीमोडको स्थानियले मनाए राष्ट्रिय झण्डा दिवस

रणभूमी डेस्क आइतबार, पुष ०१, २०८०

विराटनगर / विराटनगर १५ र १६ को सिमाना स्थित भट्टीमोडमा स्थानीयहरूले राष्ट्रिय झण्डा दिवस दीप प्रज्ज्वलन गरी मनाएका छन् ।

नेपालकै पहिलो उद्योग को रूपमा परिचित एतिहासिक विराटनगर जुटमिल र हड्ताली हटिया चिनाउने भट्टीमोडमा आईतवार साझ विराटनगर महानगर पालिका को वडा नं १५ को वडा अध्यक्ष प्रकाश साह र ईलाका प्रहरी कार्यलय रानी प्रमुख प्रहरी निरिक्षक सन्दिप वेल्वासे को सनिध्यमा विराटनगर १५ र १६ नं वडाका स्थानीय नागरिक समाज ले पुरानो झण्डा को ठाउँमा नयाँ झण्डा लगाई दीप प्रज्ज्वलन गरेर राष्ट्रिय झण्डा दिवस मनाएका छन् ।

भट्टीमोडमा स्थानिय अभियन्ता मिलन थापाले सो ठाउँमा सडकको बीचमा २०६५ सालमा राष्ट्रिय झण्डा राखेर सुरुवात गरेका थिए । सोही झण्डाको नियमित संरक्षण पनि थापाले नै गर्दै आईरहेको एक स्थानिय सुमित डंगोलले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्