२७ बैशाख २०८१, बिहिबार
Tags

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

रणभूमी डेस्क बिहिबार, पुष ०५, २०८०

पाँचथर / पाँचथरको कुम्मायक गाउँपालिका- १ गैरीगाउँका ८३ बर्षीय चन्द्रमान तामाङको हत्या गरेको आरोपमा मृतककै छोराहरुलाई प्रहरी पक्राउ गरेको छ ।

पौष ०४ गते बिहान आफ्नै घरको सुत्ने कोठामा तामाङ मृत अवस्थामा रहेको भन्ने सूचना पाए संगै ईलाका प्रहरी कार्यालय याशोकबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उक्त घटनामा मृतकका छोराहरुको संलग्नता रहेको खुल्न आए संगै मृतकका छोराहरु ४५ बर्षीय घनेन्द्र तामाङ र ४० बर्षीय देवेन्द्र तामाङलाई पक्राउ गरेको हो ।

मृतक र छोराहरु बिच सामान्य घरायसी बिषयमा झै-झगडा हुँदा कुटपिट गरेको र सोही कारणले मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खूल्न आएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्