२७ बैशाख २०८१, बिहिबार
Tags

नयाँ वर्ष मनाउन नेपाल आउने भारतीय पर्यटकहरुलाई मोरङ्ग ट्राफिक प्रहरीले सहजीकरण गर्ने

रणभूमी डेस्क आइतबार, पुष १५, २०८०

विराटनगर / अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा विराटनगर हुँदै कोशी प्रदेशमा घुम्न आउने पर्यटकहरुलाई सहजीकरणको निम्ति नेपाल भारत रेलयात्रु सहजीकरण समितिले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ सँग आग्रह गरेकाे छ ।

बेला बेलामा विभिन्न प्रकारको सामाजिक कार्यक्रमहरु निरन्तर गर्दै आईरहनुभएका नेपाल भारत रेलायात्रु सहजीकरण समितिका वरिष्ठ सल्लाहकार महेश कुमार साह स्वर्णकार को अगुवाइमा समितिको संयोजक राजेश शर्मा र उपाध्यक्ष पवन साह मोरङ्ग जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक सुमन न्यौपाने सँग अङ्ग्रेजी नयाँ वर्ष को पूर्व सन्ध्यामा भेट्घाट गर्दै नयाँ वर्षको दिन भारत बाट हरेक वर्ष हजारौंको संख्यामा विराटनगर हुँदै कोशी प्रदेश आउने पर्यटकहरू अनावश्यक रुपमा समस्यामा नपरोस् भन्ने उद्येश्य का साथ क्षलफल गर्नुभएको थियो ।

मोरङ्ग जिल्ला ट्राफिक प्रहरी प्रमुख न्यौपानेले भारतबाट आउने पर्यटकहरुले नेपाल आउँदा भन्सार कार्यालयमा गर्नुपर्ने प्रक्रियाहरू पूरा गरी आएमा बाटोमा ट्राफिक प्रहरीबाट कुनै पनि समस्या नहुने र ट्राफिक प्रहरीले बाटोमा भीडभाड जाम लागेको अवस्थामा सक्दो सहजीकरण गर्ने बताए । साथै भारतीय पर्यटकहरू बोकेर आउने सवारी चालकहरुलाई मदिरा सेवन नगर्न सुझाव सहित अनुरोध गरेका छन् ।

त्यसै गरी भन्सार कार्यालयमा भारतीय पर्यटकले भन्सार वा सुविधा लिँदा बिचौलियाहरुको ठगीमा पर्न नदिन भन्सार कार्यालयमा धेरै बिचौलियाहरु रहेको र नेपाली रकममा लाग्ने जाती भन्सार बापत बिचौलियहरुले सोही बराबरको भारतीय मुद्रा लिएर ठग्ने गरेको धेरै गुनासोहरु प्राप्त भएको हुनाले त्यस्तो घटना हुन नदिन सादा पोसाकमा प्रहरी समेत परिचालन गरी निगरानी गर्ने प्रहरी निरिक्षक सुमन न्यौपानेले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्