१५ बैशाख २०८१, शनिबार
Tags

कोशी प्रदेश प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले गरे पदभार ग्रहण

रणभूमी डेस्क बुधबार, माघ ०३, २०८०

विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङ बुधवार कोशी प्रदेश प्रहरी कार्यालयमा हाजिर भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ ।

नेपाल सरकार गृह मन्त्रालयको यही पौष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भई आउनुभएका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले बुधवार बाटै कार्यभार सम्हाल्नु भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा पदभार ग्रहण पश्चात खापुङले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई कानूनको परिधिमा रहेर आ-आफ्नो पदीय जिम्वेवारी वहन गरी समाजमा शान्तिसुरक्षा कायम राख्न अहोरात्र खटेर जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो । उक्त कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी कार्यालयका अन्य सिनियर प्रहरी अधिकृतहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यलय मोरङ, सुनसरीका जिल्ला प्रहरी प्रमुख र कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्