१५ बैशाख २०८१, शनिबार
Tags

लागुऔषध समस्या समाधानको निम्ति मुख्यमन्त्री द्वारा ट्राफिक प्रहरीलाई ला.प.से.जाँच किट हस्तान्तरण

रणभूमी डेस्क शनिबार, माघ ०६, २०८०

विराटनगर / लागुऔषध समस्या समाधान गर्न कोशी प्रदेश सरकारले लापसे जाँच गर्ने किट ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय को आयोजनामा शुक्रवार प्रदेश का मुख्यमन्त्री केदार कार्कीले लागु पदार्थ सेवन (ला.प.से.) गरेको जाँच गर्ने किट हस्तान्तरण गरेको छ ।

विराटनगर महानगर पालिका को वडा नं १६ हुलास चौक स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा मन्त्रालयले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की को प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी ट्राफिक प्रहरीलाई ला.प.से. जाँच किट हस्तान्तरण गर्नुभएको हो ।

लागुप्रदार्थ सेवन गरी सवारी साधन चलाउँदा मानिस आफ्नो चेतनामा नरहने भएको हुनाले त्यस्तो सवारी चालकले दुर्घटना घटाउन सक्छ । जसको कारणले दुर्घट्नामा परी अन्य निर्दोषको ज्यान समेत जानेगरेको हुनाले ला.प.से. किट प्रहरीलाई दिँदै मुख्यमन्त्री कार्कीले लागुऔषध सेवनकर्ताहरुलाई पहिचान गरी कानुन बमोजिम कारवाही र जरिवाना गर्न निर्देशन दिनुभयो । खास गरी मा.प.से./ला.प.से. गरी सवारी साधन चलाउने मानिसहरूले बढी दुर्घट्ना घटाउने भएको हुनाले ट्राफिक प्रहरीलाई दुर्वयसन परेको मानिसहरूलाई ला.प.से. जाँच गरी कारवाही गर्न निर्देशन दिनुभएको हो ।

रानी लगाएत सीमावर्ती एरियामा पहिले पनि पटक पटक ट्राफिक प्रहरी द्धारा लागुऔषध नियन्त्रण ब्युरोको सहयोगमा ला.प.से. जाँच कार्यक्रम गरेपनि ला.प.से. जाँच गर्ने किट महंगो पर्ने र ठूलो संख्यामा उपलब्ध नहुने भएको हुनाले अभियान स्वरूप ५/१० जनाको संख्यामा लागुऔषध सेवनकर्ताहरु पहिचान गरी कारबाही गर्नेगरेको थियो । किट अभावका कारण तिव्रता दिन नसकिएको ला.प.से. जाँच लाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ला.प.से. जाँच किट हस्तान्तरण गरेको छ।

ईलाका प्रहरी कार्यालय रानी प्रमुख प्रहरी निरिक्षक सन्दिप बेल्बासेले सञ्चलन गर्नुभएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव लक्ष्मी पौडेल, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङ, प्रहरी वरिष्ठ उपरीक्षक जय राज सापकोटा, जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख दिपक पोखरेल र कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी बाट प्रहरी नायब उपरीक्षक को उपस्थिती रहेको थियो ।
ला.प.से. किट प्राप्त भएपछि पहिलो दिन ट्राफिक प्रहरीले लागुऔषध नियन्त्रण ब्युरोको सहयोगमा दुर्वयसनिमा परेका २० जना को जाँच गर्दा २० जना नै पोजेटिभ देखिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्