१५ बैशाख २०८१, शनिबार
Tags

लागुऔषध बोक्ने र बेच्ने दुई महिलालाई खैरो हिरोईन सहित ईलाका प्रहरी कार्यालय रानीले गर्यो पक्राउ

रणभूमी डेस्क मंगलबार, माघ १६, २०८०

विराटनगर / ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध ओसार पोसार तथा खरिद बिक्री गर्ने एक युवती र एक महिलालाई १९.३३ ग्राम खैरो हिरोईन जस्तो देखिने प्रदार्थ र डिजीटल तराजु सहित पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

मंगलवार दिउँसो २ बजेको समयमा भारतबाट पैदल नेपाल तर्फ आउदै गरेको विराटनगर -१७ बस्ने १९ वर्षिय युवती अनिता बैठा माथी शंका लागि प्रहरीले पछ्याउँदै गर्दा विराटनगर महानगर पालिका को वडा नं १५ स्थित बैंक रोडबाट ईलाका प्रहरी कार्यालय रानीको प्रहरी नायब निरीक्षक उज्वल खड्गी र लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी वरिष्ठ नायब निरीक्षक दीपक यादव सहितको टोलीले चेक जाच गर्दा १९.३३ ग्राम खैरो हिरोईन जस्तो देखिने प्रादर्थ सहित पक्राउ गरेकाे थियाे । युवती पक्राउ परेपछि प्रहरीले थालेको अनुसन्धानको क्रममा युवती बैठाले उक्त खैरो हिरोईन जस्तो देखिने प्रदर्था विराटनगर महानगर पालिका को वडा नं १६ स्थित बर्मा टोलमा डेरा गरी बस्ने विराटनगर -१७ घर भएकी सरस्वती गुरुङ बाट ल्याएको भनी खुलेको थियो ।

प्रहरी टोलीले अनुसन्धानलाई तत्काल अगाडि बढाउँदै गुरुङ्ग बसेको घरमा खानतलासी गर्दै लागुऔषध जोख्ने सानो डिजिटल तराजु फेला पारेको थियो । प्रहरीले लागुऔषध जोख्ने डिजीटल तराजु सहित गुरुङ्गलाई पनि नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रानी मा ल्याई थप कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्