१५ बैशाख २०८१, शनिबार
Tags

विराटनगरमा भारतीय बिरामी उपचारमा सहजताका लागि मोरङ्ग प्रहरी प्रमुख कार्कीसँग साह ले गरे छलफल

रणभूमी डेस्क आइतबार, फाल्गुण २०, २०८०

विराटनगर / भारतबाट विराटनगर उपचार प्रयोजनको लागि आउने मानिसहरूलाई सहजीकरण र पर्यटकहरुको निम्ति मैत्रीपुर्ण वातावरण बनाउन विराटनगरका समाजसेवी तथा युवा नेता महेश साह स्वर्णकारले जिल्ला प्रहरी कार्यालय मोरङ्ग प्रमुख नवराज कार्की सँग चर्चा गर्नुभएको छ ।

भर्खरै जिल्ला प्रहरी कार्यालय मोरङ्गमा प्रहरी प्रमुख भएर आउनुभएका प्रहरी उपरीक्षक नवराज कार्कीलाई वहाँकै कार्यालयमा स्वागत गर्न पुगेका नेपाली कांग्रेस मोरङ्ग प्रचार प्रसार विभाग सदस्य, समाजसेवी तथा नेपाल भारत रेल यात्रु सहजीकरण समितिको वरिष्ट सल्लाहकार महेश साह स्वर्णकार ले नेपाल भारत सिमा बीचमा भएका विभिन्न मुद्दाहरूमा छलफल गर्नु भएको थियो ।

नेपाल भारत रेल यात्रु सहजीकरण समितिको संयोजक राजेश शर्मा, नेपाली काँग्रेसको नेता प्रकाश दाहाल, मिना राजवंशी लगायतका व्यक्तिहरू प्रहरी उपरीक्षक कार्की सँग भारतबाट विराटनगर उपचार गर्न आउने मानिसहरूलाई उपचारको क्रममा अस्पतालमा उपचार वापत कुनै बेला ठूलै रकम तिर्नुपर्ने हुन्छ । नेपाल भारत सीमामा कडाई का कारण ५० र १०० रुपैयाँ दरको सीमित रकम मात्र साथमा लिएर आउन पाउने बाध्यताले हुने कठिनाईलाई कसरी समाधान गर्ने विषयमा चर्चा गर्दै भारतीय पर्यटकहरुलाई हाम्रो यस सुन्दर पर्यटकीय कोशी प्रदेशमा प्रहरी सुरक्षाकर्मीको तर्फबाट प्रहरी मेरो साथी भए जस्तै मोरङ्ग जिल्लामा पर्यटकहरुको निम्ति मैत्री पूर्ण वातावरण बनाउन छलफल गर्नुभएको थियो ।.

जिल्ला प्रहरी कार्यालय मोरङ्ग प्रमुख प्रहरी उपरीक्षक कार्की ले पनि समुदाय सँगको सम्बन्ध सरल बनाउँदै समुदाय सँग मिलेर अपराध न्यूनीकरण गर्ने तथा अन्य विषयमा हुने कठीनाईहरुमा प्रहरीको तर्फबाट हुनसक्ने सकारात्मक कार्यहरूको पक्षमा कार्य गर्ने बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित