१८ बैशाख २०८१, मंगलबार
Tags

पशु क्वारेन्टाइन कार्यालय रानीले ३ हजार ५५८ किलो कुखुरा र ४ हजार ५८० किलो माछा गर्यो नष्ट

रणभूमी डेस्क शनिबार, चैत्र २४, २०८०

विराटनगर / विदेशी पशु पक्षीको माध्यमबाट कुनै प्रकारको रोग नेपालमा भित्रिन नदिन सिमावर्ती एरियामा निगरानी गरिरहेको पशु क्वारेन्टाइन कार्यालय रानीले शुक्रवार जिल्ला प्रसाशन कार्यालय मोरङ्गमा सरोकारवाला निकायहरुबिच अन्तरक्रिया कार्यक्रम गरेको छ ।

विशेष गरी भारतबाट वैध अवैध तरिकाबाट नेपाल भित्रिने पशु, पक्षी, माछा र दाना लगायतको माध्यमबाट कुनै रोग नेपाल नभित्रियोस् भनी निगरानी गर्न स्थापना गरिएको पशु क्वारेन्टाइन कार्यालय रानीले आर्थिक वर्ष २०८०/०८१ को चैत्र २२ गते बिहीवार सम्मको प्रगति विवरण सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा जिल्ला प्रसाशन कार्यालय मोरङ्ग को सभाहलमा अन्तर्क्रिया कार्यक्रम गरेको हो ।

१८ जना दरबन्दी रहेको पशु क्वारेन्टाइन कार्यालय रानीमा जम्मा १३ जना कर्मचारीहरू छन् जसमा ६ जना प्राविधिक र ७ जना कर्मचारीहरू रहेका छन् । मोरङ्ग, सुनसरी, सप्तरी र सिरहा जिल्ला कार्यक्षेत्र रहेको क्वारेन्टाइन कार्यालय रानीले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ९ महिनामा संक्रमित, ज्यूँदो तथा मरेको पक्षी जन्य जीव, मासु, अण्डा लगायतका सामाग्रीहरु ९५ पटक नष्ट गरिसकेका छन् ।

क्वारेन्टाइन कार्यालय रानीले पशु, पक्षी, माछा मासु को अवैध चोरी पैठारी नियन्त्रण गर्ने क्रममा यो आर्थीक वर्षमा ३ हजार ५ सय ५८ किलो कुखुरा, ४ हजार ५ सय ८० किलो माछा, ६ सय ६० किलो माछाको सिध्रा, ३ सय किलो राँगाको मासु लगाएत ७८ किलो कपाल नष्ट गरिसकेको विवरण क्वारेन्टाइन कार्यालय रानी प्रमुख मुकेश मनी सिंहले सार्वजनिक गरे । साथै कार्यालयले ४ लाख ६२ हजार ५ सय रुपैयाँ जरिवाना समेत संकलन गर्न सफल भएको बताए ।

अन्तर्क्रिया कार्यक्रममा किसानहरूको समस्यालाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं ३ गण हे. क्वा. टंकी मोरङ्ग प्रमुख सशस्त्र प्रहरी उपरिक्षक विश्व बन्धु खड्काले भारतबाट नेपाल अवैध तरिकाबाट भित्रिने पशु, पक्षी, माछा, मासु, दाना लगायतका सामग्रीहरू खुला सिमानाको फायदा उठाउँदै नेपाल तस्करहरुको बारेमा सूचना साझा गर्न र खुला सिमाना जातिको सुरक्षाकर्मी आभावको कारण त्यस्ता व्यक्तिहरूलाई निरुत्साहित गर्नको निम्ती पक्राउ गर्न सँयुक्त गस्ती लगायतका कार्यक्रहरुमा सहभागी हुन समेत आग्रह गरे।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङ्ग प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, विराटनगर भन्सार कार्यालय रानी प्रमुख, सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी प्रमुख स.प्र.ना.उ.महेश विक्रम केसी, प्लान्ट क्वारेन्टाइन प्रमुख, किसान तथा सञ्चारकर्मीहरुको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्