१८ बैशाख २०८१, मंगलबार
Tags

नेपाल सोनार समाज फाउन्डेसनले दीप प्रज्वलन गरी २०८० साललाई विदाई गर्दै २०८१ शुभकामना आदानप्रदान

रणभूमी डेस्क शनिबार, बैशाख ०१, २०८१

विराटनगर / नेपाल सोनार समाज फाउन्डेसन ले विराटनगरको ट्राफिक चौकमा दीपा प्रज्वलन गरेको छ ।
तिता मीठा कुराहरूलाई पछाडि छोड्दै चैत्र ३० गते को साझ बिक्रम सम्बत २०८० साललाई विदाई गरी नयाँ वर्ष २०८१ को आगमनलाई सडकमा दीप प्रज्वलन गरी हर्षोल्लास सहित नयाँ वर्ष को शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन् ।

नेपाल सोनार समाज फाउन्डेसन को अध्यक्ष तथा नेपाली काँग्रेस महानगर सदस्य तथा मोरङ्ग जिल्ला प्रचार प्रसार विभाग सदस्य महेश साह स्वर्णकारको आयोजनामा ट्राफिक चौकमा दीप प्रज्वलन गरी शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाएका हुन ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, विराटनगर महानगर पालिका को वडा नं ९ का वडा अध्यक्ष विश्वनाथ भगत, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक सुमन न्यौपाने सहित पिंकी साह स्वर्णकार, सुभद्रा स्वर्णकार, दिनेश स्वर्णकार, रुबी स्वर्णकार, राजेश साह, राजेश स्वर्णकार, राकेश साह, भीम नारायण साह, सन्तोष साह, दिनेश साह, सञ्जय साह, कमला सोनी, ललिता सोनी, विनेश साह, ब्रह्मदेव साह लगाएत ५० जना भन्दा बढी सोनार समुदायको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित