२४ बैशाख २०८१, सोमबार
Tags

चुनावको बेला भारत लैजाँदै गरेको मदिरा सशस्त्र प्रहरीले गर्यो नष्ट

रणभूमी डेस्क बुधबार, बैशाख १२, २०८१

विराटनगर / चुनावको मुखमा भारत तर्फ लैजाँदै गरेको घरेलु मदिरा सशस्त्र प्रहरी को टोलीले पक्राउ गरी नष्ट गरेकाे छ ।

भारतमा हुनलागेको चुनाव को मुखमा भारतको बिहार राज्यमा प्रतिबंधित रहेको मादक पदार्थ नेपालबाट लैजाँदै गर्दा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागबाट खटेको टोलीले पक्राउ गरी नष्ट गरेका छन् ।

बक्रा खोला नजिकैको बाटो भएर भारत तिर लैजाँदै गरेको करिब २ सय लिटर घरेलु मदिरा नेपाल भारत सीमा दशगजा नजिकबाट सशस्त्र प्रहरीको नियमित डियुटी टोलीले पक्राउ गरेकाे थियाे । उक्त मदिरा गुल्म परिसर भित्रै नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानिय तथा सञ्चारकर्मीको रोहवरमा खाल्डो खनी पोखाएर नष्ट गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्