१६ जेठ २०८१, बुधबार
Tags

सोनार समाज फाउनण्डेसन द्वारा वासुकी नाथ मन्दिर र जिल्ला प्रहरी कार्यालय मोरङ्गमा शिवलिङ्गको बिरुवा रोपियो

रणभूमी डेस्क आइतबार, बैशाख ३०, २०८१

विराटनगर / जलवायु परिवर्तन र पर्यावरण संरक्षण अभियानको अन्तर्गत आज बिराटनगरमा शिवलिङ्ग बिरुवा रोपण कार्यक्रम सम्पन्न भयो ।

नेपाल सोनार समाज फाउण्डेसनको आयोजना तथा जनकपुर वन प्राविधिक समाज र नेपाल भारत रेल यात्रु सहजीकरण समितिको सहयोगमा बाशुकिनाथ मन्दिर विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङ्ग परिसरमा शिवलिङ्ग बिरुवाहरू रोपिएको छ ।

कार्यक्रममा नेपाल सोनार समाज फाउण्डेसनका अध्यक्ष सामाजिक अभियन्ता तथा नेपाली कांग्रेस प्रचार प्रसार विभाग सदस्य महेश साह स्वर्नाकर, जनकपुर वन प्राविधिक समाजका प्रमुख तथा वृक्ष मानव पर्यावरण अभियन्ता सुरेश शर्मा, कोशी प्रदेशका सांसद माननीय भीम पराजुली, जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रमुख नवराज कार्की लगायत दर्जनौ विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
वासुकी नाथ मन्दिर र जिल्ला प्रहरी कार्यालय मोरङ्ग परिसरमा विधिविधान सहित पूजा अर्चना गरी माननीय प्रदेश सांसद भीम पराजुली र जिल्ला प्रहरी कार्यालय मोरङ्ग प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले अत्यन्तै दुर्लभ शिवलिङ्ग को बिरुवा रोपण कार्य सम्पन्न गरेको हो ।

भारतको गुरु शंकराचार्य ले नेपालको स्वर्गिय राजा वीरेन्द्रलाई मायाको चिनो स्वरुप दिएको एक थान शिवलिङ्ग को बिरुवा जुन स्वर्गिय राजा वीरेन्द्रले जनकपुर धाममा जानकी मन्दिर परिसरमा रोपेका थिए । सोही बिरुवाबाट जनकपुर वन प्राविधिक समाजले बिरुवा उत्पादन गरेर विभिन्न ठाउँहरूमा रोपण गर्दै आईरहेका छन् ।

धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको
शिवलिङ्ग विशेष प्रकारको बिरुवा हो जसले पानीको प्रदुषण न्युनिकरण गर्दछ र वातावरणलाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका खेल्दछ । शिवलिङ्गको को रुखमा फल्ने फूलको रातो कमल फूल भित्र सेतो शिवलिङ्ग बनेको र एक तिरबाट शेष नागले ढाकेको आकारको वनावट हुने गरेको छ । यस किसिमका शिवलिङ्ग बिरुवाहरू आगामी दिनहरुमा विराटनगरमा विभिन्न स्थानमा रोप्ने कार्यक्रम तय गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्