०८ आषाढ २०८१, शुक्रबार
Tags

नाबुन कोशी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न कला डाँगीको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत

रणभुमी डेस्क बुधबार, जेठ २३, २०८१

विराटनगर / राष्ट्रिय सौन्दर्यकर्मी युनियन (नाबुन) कोशी प्रदेशको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। झापाको बिर्तामोडमा बुधबार सम्पन्न अधिवेशनबाट कला डाँगी प्रदेश अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएकी छिन्।

प्रदेश उपाध्यक्षमा इस्मिता साही ठकुरी, सचिवमा मार्था राई, सह-सचिवमा गंगा चर्माकर र कोषाध्यक्षमा अमिता पोख्रेल चयन भएका छन्। नाबुन कोशी प्रदेशमा पाँच सय भन्दा बढी सदस्य आवद्ध रहेको जनाइएको छ।

उक्त चुनावी अधिवेशनको उद्घाटन नाबुनकी केन्द्रीय संयोजक पम्फा पाहाडीले गरेकी थिइन्। नयाँ नेतृत्वलाई सबैले शुभकामना व्यक्त गरेका छन् र प्रदेश सौन्दर्य पेशालाई अगाडि बढाउने आशा गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्