१४ बैशाख २०८१, शुक्रबार
Tags

छिन्नमस्ता माताको मुकुट सहित चोर पक्राउ

रणभूमी सोमबार, साउन १८, २०७८

राजबिराज / श्रावण १८, सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चोरी भएको चाँदीको मुकुट (मस्तक)सहित चोर पक्राउ परेका छन् ।

हिजो साँझ उक्त चोरीको घटना सँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको थियो । व्यापक खोजविनको क्रममा सप्तरीको सीमानाकाहरु समेत बन्द गरिएको थियो । सोही क्रममा सप्तरीको विष्णुपुर गाउँपालिका ५ बस्ने राजेश कुमार मण्डल लाई मूर्तिको मुकुट सहित आज बिहान पक्राऊ गरेको हो ।

पक्राऊ परेका मण्डललाई प्रहरीले हिरासतमा लिएर अनुसन्धन गरिरहेको छ । आइतबार साँझ करिब ७ः३० बजेतिर मन्दिरबाट भगबतीको चाँदीको मुकुट चोरी भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्