१४ बैशाख २०८१, शुक्रबार
Tags

बिरामीको मृत्यु पछि गोल्डेन हस्पिटलमा तोडफोड

रणभूमी मंगलबार, साउन १९, २०७८

विराटनगर / श्रावण १९, विराटनगर हस्पिटल चौक स्थित गोल्डेन अस्पतालमा बिरामीको मृत्युपछि अवस्था तनावग्रस्त बनेको छ ।

मोरङको धनपालथान ६ का ६७ वर्षीय अहम्द हुसैनको मृत्यु पश्चात् अवस्था तनावग्रस्त बनेको हो । शरीरका विभिन्न अंगहरुले काम गर्न छाडेका हुसैनलाई उपचारका लागी आज(सोमबार) बिहान करिब ७:४५ बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनका अनुसार बिहान अस्पताल भर्ना भएका हुसेनको शरीरमा सुगर,लो बिपि,किड्नी फेल र मलद्वारमा घाउ देखिएको थियो । चिकित्सकको टोलिले हुसेनको शरीरमा ‘मल्टिपर अर्गेन फेलर’ देखिएको प्रशासनलाई बताएका थिए । उपचारकै क्रममा रहेको हुसेनको सोमवार बेलुका ९:४५ बजे नै मृत्यु भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्