२६ बैशाख २०८२, शुक्रबार
Tags

१५ लाख भारतीय रुपैयाँसहित एक व्यक्ति झापाबाट पक्राउ

रणभूमी डेस्क बिहिबार, बैशाख २५, २०८२

झापा / मेचीनगरपालिका-७ जोरसिमल क्षेत्रबाट प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाले १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ।

सीमा क्षेत्रमा गरिएको नियमित सुरक्षा जाँचका क्रममा उक्त रकम बिना कुनै आवश्यक कागजात फेला परेपछि सुरक्षाकर्मीले अभियुक्तलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेको व्यक्तिमाथि अवैध मुद्रा कारोबार(हुन्डी)को आशंका गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार नेपाल-भारत सीमा क्षेत्रमा अवैध मुद्रा ओसारपसार रोक्न विशेष अभियान संचालन गरिएको र यस क्रममा यो सफलता हासिल भएको हो।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा यस्ता गतिविधि बढेको भन्दै सुरक्षा निगरानी थप कडा पारिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्