१६ जेठ २०८२, शुक्रबार
Tags

गृहमन्त्री लेखक संसदमा भिजिट भिसा प्रकरणबारे बोल्न नपाए पत्रकार सम्मेलन गर्ने तयारीमा

रणभूमी डेस्क बुधबार, जेठ १४, २०८२

काठमाडौँ / गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमा बोल्न नपाए पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। गृहमन्त्री सचिवालयका स्रोतका अनुसार उनले पहिलो प्राथमिकतामा संसदमा बोल्ने प्रयास गर्नेछन्, तर अवसर नपाए सिंहदरबारस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गरेर आफूले भन्नुपर्ने कुरा सार्वजनिक गर्ने योजना बनाएका छन्।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामाको माग गरिरहेका छन्। तर सत्तारूढ गठबन्धनले भने यो मागलाई सरकारविरुद्धको राजनीतिक आक्रमणका रूपमा लिएको छ। यही सन्दर्भमा बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले गृहमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिहान ११ बजेका लागि बोलाएको बैठक समेत भिजिट भिसा विवादकै कारण सुरु हुन सकेको छैन।

यहाँ कमेन्ट गर्नुहोस्