१५ बैशाख २०८१, शनिबार
Tags

धरानमा बसले मोटरसाईकललाई ठक्कर दिदाँ एकको मृत्यु र एक जना घाईते

रणभूमी बुधबार, साउन २०, २०७८

सुनसरी / श्रावण २०, धरान उपमहानगरपालिका ८ तिनकुने जंगल स्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनाबाट मोटरसाईकल पछाडी सवार यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० बर्षीया मिरा देवी साह रहेकी छन् ।

आज बिहान ९:३० बजेको समयमा धरानबाट ईटहरी तर्फ आउदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडीबाट आईरहेको को१ख ५४३० नम्बरको बसले पछाडीबाट ठक्कर दिई बिपरित दिशाबाट जादै गरेको प्रदेश-१ -०२-०४०प ६४०५ नम्बरको मोटरसाईकल समेतलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनाबाट मोटरसाईकल चालक मृतककै छोरा २५ बर्षीय बिमल साह समेत २ जना घाईते भई घोपा धरानमा उपचारको क्रममा दिउसो ११ बजे मिरा देवी साहको मृत्यु भएको छ भने बिमलको सोही अस्पतालमानै उपचार भईरहेको छ ।

दुर्घटनामा सम्लग्न तिनवटै सावारी साधन र बस चालक धरान १५ का ४२ बर्षीय प्रभु खड्का ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्