१४ बैशाख २०८१, शुक्रबार
Tags

अबैध लागु औषध सहित ३ जना पक्राउ

रणभूमी शुक्रबार, साउन २२, २०७८

रुपन्देही / श्रावण २१, लागु औषध कारोवार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा मातहत ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोली प्रतिबन्धित लागुऔषध सहित तिन जनालाई पक्राउ गरेकाे छ ।

हिजो दिँउसो २ बजेको समयमा जिल्ला रुपन्देही वुटवल उप महानगरपालिका वडा नं.२ मैनाबगर स्थितमा लागु औषध कारोवार भई रहेको छ भन्ने सूचना पाएपछि ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट प्रहरी टोली खटिई गई सुक्ष्मरुपमा बुझ्दै जादा जिल्ला रुपन्देही वुटवल उप महानगरपालिका वडा नं.२ मैनाबगर स्थित सानुदेवि पुनको कोठा भित्र सानुदेवि पुन, प्रकाश बनिया र सुभादेवि हरिजनलाई लागु औषध कारोवार गर्न लागेको अवस्थामा फेला पारेको हो । कोठाको खानतलासी गर्दा सेरिज्याक ४७६ एम्पुल, नुफिन ४६२ एम्पुल, फेनारागन ४५७ एम्पुल र नाईट्रसोन ७० थान ट्याब्लेट, नाईट्राभेट ६७५ थान ट्याब्लेट सहित लु ६१ प ८९६८ नम्बरको यमाहा मोटरसाईकल, हेलमेट र चाँबी ।
४ थान मोवाईल सेटहरु सहित बरामद गरी नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहीत पक्राउ गरेकाहरु उपर थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्