१३ बैशाख २०८१, बिहिबार
Tags

विराटनगरमा ट्राफिक प्रहरीद्वारा तपाईँको मास्क लगाउनुहोला अभियान सञ्चालन

रणभूमी आइतबार, साउन २४, २०७८

विराटनगर / श्रावण २४, देशका बिभिन्न जिल्ला सँगसँगै विराटनगरमा पनि तपाईँको मास्क लगाउनुहोला अभियान प्राथमिकता सञ्चालन भईरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गले सञ्चालन गरेको तपाईँको मास्क लगाउनुहोला अभियानमा कोरोनाको नयाँ भेरियण्टहरु देखा पर्न थालेको अवस्थामा महामारी बाट केही हद सम्म आफूलाई सुरक्षित राख्न भ्याक्सिन लगाएको मानिसले पनि अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ भनी तपाईँको मास्क खोइ अभियान सञ्चालन गरेका हुन् ।

कोरोना भाईरस विरुद्धको खोपले कुनै पनि व्यक्ति कोरोनाको पहिलो र दोश्रो भेरियण्टबाट संक्रमित हुन् पुगे त्यस्तो अवस्थामा शरीर भित्र रहेको संक्रमण सँग लड्नसक्ने र ज्यान जाने जोखिम बाट बचाउने काम गर्छ । कोरोना भाईरस विरुद्धको खोप पनि अधिकांश नेपालीहरुले लगाइसकेको भएपनि उक्त खोपले कोरोना तथा कोरोनाकै नया भेरियण्टको संक्रमण हुन र सर्न सक्ने जोखिम रहिरहेको हुनाले बाहिर निस्किँदा वा भिडभाड भएको ठाउँहरुमा सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ भनी सचेतना फैलाउँदै अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्ग प्रमुख प्रहरी निरिक्षक चन्द्र बहदुर खड्काले बतउनुभयो ।

युक्त अभियान विराटनगरको ट्राफिक चोक, महेन्द्र चौक, रोडशेष चौक, जलजला मोड, हस्पिटल चौक एकिकृत जाँच चौकी भन्सार कार्यालय अगाडी गरी विराटनगर तथा मोरङ्ग जिल्लाको बिभिन्न भिडभाड हुने स्थानमा सञ्चालन गरिने बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्