१३ बैशाख २०८१, बिहिबार
Tags

ब्राउन सुगर सहित २ जना महिला पक्राउ

रणभूमी आइतबार, साउन २४, २०७८

झापा / श्रावण २४, गौरिगंज गाऊपालिका ४ कदमगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक नगरपालिका १ कि ३४ बर्षीया मञ्‍जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् ।

हिजो राती ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो । उनिहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा लगी थप अनुसन्धान भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्