२१ फाल्गुण २०८२, बिहिबार
Tags

मतदानपछि झापा जाँदै गरेका बालेन सवार हेलिकप्टर बीचबाटै काठमाडौं फर्कियो

रणभूमी सम्वाददाता बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन) सवार हेलिकप्टर उडानका क्रममा बीचबाटै काठमाडौं फर्किएको छ।

हेलि एभरेष्टको ९एन–एओबी हेलिकप्टर बिहीबार बिहान काठमाडौंबाट चन्द्रगढीतर्फ उडेको थियो। बालेन काठमाडौंमा मतदान सम्पन्न गरेपछि आफ्नो निर्वाचन क्षेत्र झापा जाने क्रममा उक्त हेलिकप्टरमा सवार भएर जाँदै थिए।

उडानसम्बन्धी विवरण अनुसार हेलिकप्टर बिहान ०३२६ यूटीसी मा काठमाडौं बाट चन्द्रगढी का लागि उडेको थियो। तर काठमाडौंबाट करिब ५७ नटिकल माइल पूर्व पुगेपछि हेलिकप्टरलाई पुनः काठमाडौं फर्काइएको हो।

हेलिकप्टर ०४२४ यूटीसी मा काठमाडौंमै सुरक्षित अवतरण गरेको जनाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्