०६ साउन २०८३, बुधबार
Tags

भारततर्फ लैजान लागिएको अन्दाजी १० केजी गाँजा बरामद, तस्कर फरार

रणभूमी सम्वाददाता बुधबार, साउन ०६, २०८३

विराटनगर / मोरङको जहदा गाउँपालिका–१ बुधनगर क्षेत्रबाट भारततर्फ लैजान लागिएको अन्दाजी १० केजी गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट मधुमल्लाबाट खटिएको मोटरसाइकल गस्ती टोलीले आइतबार राति करिब १२ः२० बजे भारततर्फ जाँदै गरेको एक व्यक्तिलाई शंकाको आधारमा रोक्न खोज्दा उनले बोकेको झोला फालेर फरार भएका थिए।

प्रहरीले घटनास्थलमा छाडिएको झोला नियन्त्रणमा लिएर जाँच गर्दा अन्दाजी १० केजी प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ। फरार व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्