१२ बैशाख २०८१, बुधबार
Tags

ब्रेक फेलहुदा ट्रक दुर्घटना हुदा चालकको मृत्यु

रणभूमी शुक्रबार, साउन २९, २०७८

कैलाली / श्रावण २९, हिजो साझ ७:२५ बजेको समयमा जिल्ला कैलाली गोदावरी न.पा. ४ गोदावरी स्थित धनगढीबाट बझाङ तर्फ जाँदै गरेको से १ ख ८५१ न. को सिमेन्ट र जस्ता बोकेको ट्रक ब्रेक फेल भई आफै पछाडी आउनगई सडक बाट ५०/५५ मिटर तल खस्दा दुर्घटना भएकाे थियाे ।

दुर्घटना हुँदा ट्रकमा रहेको अन्दाजी वर्ष ३३ को राम सिंह महराको टाउकोमा गम्भीर चोट लागेपछि उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्