०८ बैशाख २०८१, शनिबार
Tags

राष्ट्रका लागि एकताको सहकार्यमा कटहरी मास्क सहित सचेतना कार्यक्रम

गोबिन्द महेस्वरी शनिबार, साउन ३०, २०७८

बिराटनगर / श्रावण ३०, कोरोना महामारीको समस्या पूर्ण रूपमा समाधान नभैसकेको अवस्थामा राष्ट्रका लागि एकता नामक समाजिक संस्थाको सहकार्यमा वडा प्रहरी कार्यलय (ख) र ट्राफिक प्रहरी हाटखोलाले आज “तपाईँको मास्क लगाउनुहोला” कार्यक्रम गरेकाे छ ।

समाजमा अझै कोरोना महामारीको विषयमा आम नागरिक सर्वसाधारणहरु सचेत नदेखिएको बेला सचेतना फैलाउँदै उक्त कार्यक्रम गरेको हो । कोरोनाको नयाँ भेरियण्टहरु देखा पर्न थालेको अवस्थामा महामारी बाट केही हद सम्म आफूलाई सुरक्षित राख्न भ्याक्सिन लगाएको मानिसले पनि अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ भनी तपाईँको मास्क लगाउनुहोला अभियान सञ्चालन गरेर मास्क समेत बितरन गरका छन ।

कोरोना भाईरस विरुद्धको खोपले कुनै पनि व्यक्ति कोरोनाको पहिलो र दोश्रो भेरियण्टबाट संक्रमित हुन् पुगे त्यस्तो अवस्थामा शरीर भित्र रहेको संक्रमण सँग लड्नसक्ने र ज्यान जाने जोखिम बाट बचाउने काम गर्छ । कोरोना भाईरस विरुद्धको खोप पनि अधिकांश नेपालीहरुले लगाइसकेको भएपनि उक्त खोपले कोरोना तथा कोरोनाकै नया भेरियण्टको संक्रमण हुन र सर्न सक्ने जोखिम रहिरहेको हुनाले बाहिर निस्किँदा वा भिडभाड भएको ठाउँहरुमा सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ भनी सचेतना फैलाउँदै अभियान सञ्चालन गरेको राष्ट्रका लागि एकता का सहसचिव शदरे शेखले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्