०६ बैशाख २०८१, बिहिबार
Tags

जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर आफ्नै भवनमा, बेड चार्ज रू १०० मात्र

रणभूमी आइतबार, साउन ३१, २०७८

बिराटनगर / श्रावण ३१, बिराटनगर -९ मा रहेको जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्ट अहीले आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ ।

बिराटनगर -९ घाेघापुल चौकमा हुँदा गम्भीर प्रकृतिका बिरामीहरूको पनि सफल उपचार गरेर पहिचान बनाएका जनरल हस्पिटल एण्ड ट्रमाकेयर सेन्टरले दुई वर्ष उक्त स्थानमा सफलतापूर्वक बिरामीहरूको सेवा गरेपश्चात अहिले हस्पिटल बिराटनगर -१३ स्थित जोगबनी – बिराटनगर हार्इवे मलाया रोडमा साल्ट ट्रेडिंग नजीक अखा अस्पताहरु भएकाे ठाउँमा रोडको पश्चिम साईडमा आफ्नै भवनमा सरेको हाे ।

उक्त अस्पतालमा जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरको मेडिकल डाईरेक्टर समेत रहनुभएका नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. फरेन्द्र शाह लगायत पेट, छाती, मुटू, प्रेशर रोग विशषज्ञ तथा जेनरल फिजिसियन डा. किरण यादव तथा हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. महेन्द्र प्रसाद साह र नाक, कान घाँटी रोग विशेषज्ञ डा. आलोक भण्डारी द्वारा उपचार गरिने अस्पताल प्रशानले जनाएको छ ।

प्रदेशको राजधानी तथा छिमेकी राष्ट्र भारत पनि नजिकै रहेको हुनाले विराटनगरमा धेरै अस्पतालहरू छन । सोही अस्पतलहरुको भिडमा आफ्नो अलग्गै पहिचान बनाएका जनरल हस्पिटलले अहिले आफ्नै भवनमा सञ्चालन गरको अवसरमा सेवाग्राहीलाई बिभिन्न सेवा सुविधाहरुमा विशेष छुटको पनि व्यवस्था गरेका छन् ।

जनरल हस्पिटलमा उपचारको लागि आउने बिरामीहरूको लागि ल्याबमा ५०%, फार्मीसीमा १० % छुट का साथै अस्पताल भर्ना गर्नुपर्ने बिरामीहरूकोलागि सय रुपैयाँको सहुलियत दरमा (बेड चार्ज) बेड उपब्ध गराउने अस्पतालका मेडिकल डाईरेक्टर नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. फरेन्द्र शाहले बताएका छन् । साथै जेष्ठ नागरिक, असहाय, गरीब, बिपन्न तथा ४५ वर्ष माथिको एकल महिलालाई उपचारको क्रममा बिशेष सहुलियत दिने शाहले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्