१४ बैशाख २०८१, शुक्रबार
Tags

जोगीको भेषमा गाँजा तस्करी गर्ने दुई जाना जोगवनीमा पक्राउ

रणभूमी शनिबार, भाद्र ०५, २०७८

बिराटनगर / भदाै ५, नेपाल बाट भारत तर्फ मादलमा भरेर भारत तर्फ गाँजा तस्करी गर्ने दुई जनालाई भारतिय प्रहरी सिमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको छ ।

विराटनगर सँग जोडिएको नेपाल भारत सीमा जोबबनीमा एसएसबीले चेक जाँचको क्रममा साधुको भेषमा मादल बोकी जोगवनी प्रवेश गरेको व्यक्तिलाई चेक जाँच गर्दा मादल भित्र लुकाई राखको दुई केजी गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेको दुवैजना विराटनगर नजिकै गंगा चौक नम्बर १ बस्ने ज्योतिष खवास र मदन ऋषिदेव रहेको एसएसबीले बताएकाे छ ।

उक्त गाँजा जोगवनीकै एक मादल पसलमा डेलिभरी दिन लागिएको एसएसबी को प्रारम्भिक अनुसन्धनबाट खुलेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्