१८ बैशाख २०८१, मंगलबार
Tags

बेलबारी बाट लागूऔषध गाँजा सहित ३ जना पक्राउ

रणभूमी बुधबार, भाद्र २३, २०७८

बिराटनगर / भदौ २३, लागूऔषध गाँजा कारोबार गर्ने ३ जनालाई हिजो बेलुका ५ बजे प्रहरीले गाँजा सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ३५ बर्षीय सन्तोष राई, ३० बर्षीय ज्ञानु राज राई र धनकुटा शहीद भुमि गाऊपालिका ३ का २८ बर्षीय महेश्वर राई रहेका छन् । प्रहरी टोलीले उनीहरुलाई गाँजा १९ केजी ६५० ग्राम सहित पक्राउ गरेको हो ।

गाँजा बिक्रि बितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको सन्तोषको घरकोठाबाट ४ केजी ६५० ग्राम र ज्ञानुको घरकोठाबाट १५ केजी गाँजा बरामद गरे पछी पक्राउ परेका उनिहरुलाई अनुसन्धान गर्ने क्रममा सो गाँजा महेश्वरबाट खरिद गरेको भन्ने खुल्न आए सगै प्रहरीले महेश्वर समेत ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्