१८ बैशाख २०८१, मंगलबार
Tags

दुई अलग अलग नम्बर भएको एक ट्रयाक्टर बाट हजार किलो भन्दा बढी कात्था पक्राउ

पवन विक्रम शाह बिहिबार, फाल्गुण ०५, २०७८

विराटनगर / फाल्गुन ५, फोहोर बोक्ने जस्तो देखिन ठुलो डाला भएको ट्रयाक्टरमा पानमा हाल्ने कात्था गलत बाटो भएर भारत तर्फ जाँदै गर्दा बिओपी रानी बाट खटेको सशस्त्र प्रहरीले सिमा प्रहरी चौकी रानीको सहयोगा नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ ।

आज विहान करिब साढे १० बजेको समयमा नेपाल बाट को १ त ६६२० प्राईभेट नम्बर भएको ट्रयाक्टरमा करिब १० लाख बराबरको १ हजार किलो भन्दा बढी २६ कार्टुन कत्था रानी नाकाको बाटो भएर भारत तर्फ लैजादै गरेको बेला स.प्र.बल नेपाल बिओपी रानी प्रमुख प्रभात गौतमले सीमा प्रहरी चौकी रानी प्रमुख दिल्ली देवकोटा सहित दशगजा बाट नियन्त्रणमा लिई भन्सार दाखिला गरेको हो ।

बिराटनगर भएर नेपाल बाट भारत वा भारत बाट नेपाल व्यापारिक प्रयोजन अथवा ठुलो परिमाणको सामान निकासी पैठारी गर्दा एककृत भन्सार जाँच चौकी (आईसीपी) हुँदै जाँच पास भई जानुपर्ने हुन्छ । त्यसो नगरी गलत बाटोको प्रयोग गरेको हुनाले सशस्त्र प्रहरीले सामान नियन्त्रमा लिएको हो ।

ठुलो डाला भएको प्राईभेट नम्बरको त्यस्तो प्रकारको ट्रयाक्टर फोहोरमौला व्यवस्थापनको लागि बढी प्रयोग हुने भएकोले सीमा वरपर सम्म पनि फोहोर संकलन गर्ने पुग्ने गरेका छन् । सोही किसिमको जस्तो देखिने उक्त ट्रयाक्टर भारत तर्फ जान लागेको बेला पक्राउ गरेकाे थियाे । त्यसमा पनि ट्रयाक्टरमा अगाडी इन्जिनमा भएको नम्बर को १ त ६६२० र पछाडीको डालामा भएको नम्बर को १ त ५६११ फरक फरक भेटिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्