१८ बैशाख २०८१, मंगलबार
Tags

दुई वर्ष अगाडिदेखि हराएका ९ वर्षीय बालकको उद्धार

रणभूमी डेस्क आइतबार, बैशाख १८, २०७९

विराटनगर / दुई वर्ष अगाडि हराएको ९ वर्षीय बालकलाई आफन्त नेपालले उद्धार गरी आफन्तलाई सुम्पिएको छ ।

विराटनगर महानगरपालिका-१७ रानी वस्ती घर भई आमा बुवा नभएको मिराज अन्सारी नाम गरेको बालक हराउदा ७ वर्षको थिए । उनलाई भारतको कटिहार स्थित भारतीय पुलिसले रेल्वेस्टेशनमा एक्लै हिडिरहेकाे अवस्थामा भेटि भारतको कटिहारस्थित बाल कल्याण समितिको समन्वयमा बालगृहमा राखिदै आएको थियो । हाल निज बालकलाई नेपाली राजदुतावास दिल्ली, बालकल्याण समिति, आफन्त नेपालको समन्वय र सहकार्यमा स्वदेशफिर्ती गरिएको छ ।

२ वर्षको अन्तरालमा बालकलाई मानव बेचबिखन विरुद्धको क्षेत्रमा काम गर्दै आईरहेको संस्था आफन्त नेपालको टोलीले भारतमा उनलाई सोधपुछको क्रममा बालकले दिएको जानकारी अनुसार विराटनगर-१७ स्थित रानी वस्ती बस्ने मो.कुमार मियाको नाती भएको खुलेको थियो । उनलाई आवस्यक कानुनी प्रक्रिया पूरा गरि पारिवारिक पुनर्मिलन गरिएको छ । आफन्त नेपालको समुहले भारतको विभिन्न ठाउँहरूमा समन्वय र सहकर्य गर्दै विभिन्न महिला तथा किशोरीहरुको उद्दार गर्दै आईरहेको छ ।

बालकलाई ईलाका प्रहरी कार्यालय रानी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानीका प्रमुखहरुको रोहवरमा आफन्तको जिम्मामा सुम्पिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्