१८ बैशाख २०८१, मंगलबार
Tags

बिहानको समयमा ३४४ थान लागुऔषध सहित एक पक्राउ

रणभूमी डेस्क शुक्रबार, बैशाख २३, २०७९

विराटनगर / ईलाका प्रहरी कार्यालय रानी (सीमा) बाट बिहानको समयमा भारत बाट दुईवटा कालो प्लास्टिकमा नेपाल ल्याएको लागुऔषध सहित एकजनालाई प्रनानि दिल्ली देवकोटाको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

शुक्रवार बिहानको समयमा बिराटनगर -१६ स्थित भत्केको पर्खाल नजिकबाट लागुऔषध ल्याउने व्यक्ति नशामा लठ्ठिएर आउँदै गरेका विवेक खतिवडालाई लुपिजेसीक, डाईजीपाम, फेनारगण र एभिल नाम गरेको टिटीमा प्रयोग हुने प्रतिबंधित लागुऔषध ३४४ एंपुल देवकोटाले नियन्त्रणमा लिएको थियो । खतिवडा केही दिन अगाडि मात्र लागुऔषधकै कारणले प्रहरी हिरासतबाट छुटेको बुझिन आएको छ ।

नेपाल र नेपाली जनताको सुरक्षा, हकहित र सुरक्षाको सबालमा कुनैपनी सम्झौता नगरी, अबिचलित रुपमा आफनो कर्तव्य शिरोधार गर्दै जनता को सेवामा अनवरत रुपमा लागेका इप्रका रानी सीमा प्रमुख प्रनानी डिल्ली देबकोटा दैनिक लागुऔषध तस्करी दुर्व्यसनी, चोरी तथा अपराधिक घटनामा संलग्नहरुलाई कार्वाहीको दायरामा ल्याई सुधारका कार्यहरु गर्दैआईरहेका छन् ।

स्थानिय चुनाव लक्षित सुरक्षा व्यवस्था मजबूत बनाउँदै देवकोटाले सीमा क्षेत्रमा आफ्नो दलबल सहित व्यापक रुपमा कडाई थालेको छ ।

हाल फेला परिरहेको लागुऔषधहरु चुनावलाई प्रभावित गर्न नेपाल ल्याइरहेको हुन सक्ने अनुमान लगाउँदै सीमावर्ती एरियामा शंकास्पद जोकोहीलाई पनि शंकाको घेरामा राखेर निगरानी गरिरहेको देवकोटा बताउँछन् ।

चुनावको समयमा नेपाल भारत सीमा ७२ घण्टाको लागि सिल हुने हुनाले र चुनावमा अधिकांस सुरक्षाकर्मीहरु मतदान केन्द्रमा खटिएको हुनाले पनि लागुऔषध कारोबारीहरुले सक्रिय भएको हुनसक्ने उनको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्