२२ बैशाख २०८१, शनिबार
Tags

चोरीमा संलग्न ३ जना सामान सहित पक्राउ

रणभूमी डेस्क बुधबार, भाद्र २९, २०७९

विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका-६ स्थितबाट प्रहरीले चोरीमा संलग्न रहेका ३ जनालाई चोरी गरेको समान सहित पक्राउ गरेको छ ।

भदौ १४ गते स्थानीय किशोर चौधरीको घरमा चोरी भएको भन्ने सूचना पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको समान सहित २८ गते बिहान उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बुढिगंगा गाउँपालिका-६ का २७ बर्षीय बुच्चे भनिने श्याम कुमार उराव, २६ बर्षीय तुलसी उराव र नबिन उराव रहेका छन् । उनीहरुको साथबाट प्रहरीले चौधरीको घरबाट चोरी भएका बिभिन्न किसिमका सुनका गर-गहना समेत बरामद गरेको छ ।

चोरीको आरोपमा पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्