१६ बैशाख २०८१, आइतबार
Tags

जिउ मास्ने वेच्ने मुद्दाका फरार यादव पक्राउ

रणभूमी शुक्रबार, साउन १५, २०७८

विराटनगर / श्रावण १५, सम्मानित मोरङ जिल्ला अदालत विराटनगर बाट जरिवाना फैसला भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।

२०६६ साल असार १५ गतेको जिल्ला अदालतको फैसलाले जिउ मास्ने वेच्ने मुद्दामा ११ बर्ष २ महिना १० दिन कैद सजाय तथा ५० हजार रुपैयाँ जरिवाना र अर्को जिउ मास्ने वेच्ने मुद्दामा ११ बर्ष २ महिना १० दिन कैद र १५ हजार जरिवाना फैसला भई फरार रहेका प्रतिवादी जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १७ निवासी बर्ष ५० को सञ्जय यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित मोरङ जिल्ला अदालत विराटनगर मोरङ्गमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङ्गले बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्